vada
News

आज फेरी प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित, संक्रमित मध्ये १९ जना त प्रहरी मात्रै

विराटनगर, साउन १२ ।आज फेरी प्रदेश १ मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिनेमा इलाममा ९ र विराटनगरमा २२ गरेर ३१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । आज थपिएका विराटनगरका २२ संक्रमित मध्ये १९ जना प्रहरी रहेको बताइएको छ ।उनिहरु प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहेको बताइएको छ ।संक्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको छ

Related Articles

Back to top button