vada
News

खुशीको खबर, ६३ जनाले कोरोनालाई जितेर घर फर्केपछि कोरोना संक्रमणमुक्त जिल्ला भयो सिन्धुपाल्चोक

सिन्धुपाल्चोक- कोरोना संक्रमित शून्य जिल्ला भएको छ ।। उपचाररतहरुमा कोरोना संक्रमण निको भएर घर फर्केपछि सिन्धुपाल्चोक कोरोना संक्रमणमुक्त जिल्ला भएको हो । कोरोना संक्रमण पुष्टि भएका ६५ जना मध्ये ६३ जनाले कोरोना लाई जितेर घर फर्केका हुन् ।

बांकी दुइको कोरोनाका कारण निधन भएको हो । आज शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्न सबैमा अनुरोध गरिएको छ ।

Related Articles

Back to top button