vada
News

होटलमा बास बसेका ३ जनामा कोरोना संक्रमण

बुटवलको एक होटेलमा बसेका तीन व्यक्तिमा सोमबार कोरोना संक्रमणको पुष्टी भएको छ ।

बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

यो पढ्न छुटाउनु भयो कि
स्याङ्जाका प्रहरी प्रमुख एसपी कणेल सहित १८ जनालाई कोरोना संक्रमण पुष्टि
ट्राभल हिस्ट्री नभएका झापाका स्थानीय नेता र औषधि व्यवसायीमा संक्रमण
२४ घन्टामा कोरोनोको कारण ३ जनाले ज्यान गुमाए
उनीहरु सिरक डसना उद्योगमा काम गर्ने मजदुर रहेको बताइएको छ । नेपालमा लकडाउनको खुलेको भोलिपल्ट उद्योगमा काम गर्न भन्दै उनीहरु नेपाल प्रवेश गरेका थिए ।

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको सिंहले जानकारी दिए ।

पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

आज थपिएका ३ जना संक्रमितसहित बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

Related Articles

Back to top button