vada
News

एक साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं-एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र नतिजा सार्वजनिक गर्न तयारी थालेको जनाएको छ ।यसपटक विद्यालय आफैँले रुजु गरेर लेजर तयार पारेकाले त्रुटि कम हुने पनि बोर्डले जनाएको छ ।

देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बताइएको छ ।यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।

Related Articles

Back to top button