vada
News

बैतडीको दोगडाकेदारमा एम्बुलेन्स दुर्घटना

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स सोमबार राती दुर्घटनामा परेको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर गाउँपालिकातर्फ आउँदै गरेको एम्बुलेन्स महकाली लोकमार्गको सतबाँझ -गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ना.अ. ९८८ नम्बरको एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button