vada
News

काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।त्रिवि शिक्षण अस्पताल टिचिङ मा गरिएको परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ९ र ललितपुरका १ जना संक्रमित थपिएका उनले जानकारी दिए ।

त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका २१ जना कोरोना संक्रमित थपिएका छन् ।स्टार अस्पताल सानेपामा काठमाडौका ६ जना र ललितपुरका २ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार देशैभर ३११ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार८७५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

Related Articles

Back to top button