vada
News

जातकै आधारमा वि’भेद गर्नेलाई सामाजिक ब’हिस्कार गरौं : पुर्णीका शाह

हामी नेपालीहरुमा एउटा ठूलो सम’स्या छ जस्तो लाग्छ । जुन कुरा हाम्रो दिमागमा कसैको डिजाइनमा ज’बर्ज’स्ती छिराइएको हुन्छ त्यो भन्दा अर्को कोणबाट हामी सोच्न नै सक्दैनौ । रुकुमको घ’टनामा सुनार , बिश्व्कर्मा आदिको मात्र ह त्या भएको छैन । ह’त्या हुनेमा ठकुरी, मगर लगायत अन्य जात पनि छन् । केटा पक्षलाई आ’क्रमण गर्नेहरुमा ठकुरी मात्र छैनन अन्य जात पनि छन् ।

ह त्या गर्नेहरु हर हालतमा उम्कनु हुँदैन । त्यसमा कुनै दल, जात र पहिचानकै आधारमा दोशि उम्कने ष’डयन्त्र हुनलाग्यो भने हामी सबैले आवाज उठाउनुपर्छ । तर, सोही गाउँमा दोशि भनिएकै केटिको दिदी लगायत छिमेकमा अन्तरजातिय बिवाह मज्जाले भएको र सन्तान समेत स्विकारेर मामाघर आएको प्रमाण देखिन्छ ।

यो नितान्त दुई परिवार बिचको दुश्मनी हो भन्ने आधारहरु प्रमाणित हुँदै पनि गएका छन् । यहाँ केटा पक्ष जुन जात भएको भएपनी परिणाम उही हुन सक्थ्यो । जातिय राजनिती पछि छिराइएको हो । देशमा जातिय वि’भेद होला , तर जातकै कारणले उनको ह त्या भएको हो भन्नू अघि ह त्या गर्नेहरु र ह त्या भएकाहरु सबैको जात पनि केलाउन जरुरी छ । आइएनजिओ र पश्चिम मुलुकहरुको लगानिमा देशमा जात जात बिच द्व’न्द गराउन भएको ग्र्याण्ड डिजाइनलाई हामी नेपालीले बुझ्न नसक्नु ज्या’दै दुखद छ ।

Ads by AdMana.net
नत्र , ठकुरि र बिश्वकर्मा बिचको बि’वादमा बाहुनवाद भन्दै बाहुनले गा’ली खानु, हिन्दु धर्म नै ठिक छैन भन्ने नारा आउनु र धर्मले गा’ली खानु संयोग मात्र हुन सक्दैन । यहि धर्मले बसुधैव कुटुम्बकम अर्थात बिश्वभरिका सबै हाम्रा मित्र हुन् भनेर सिकाएको छ । यहि धर्ममा श्री रामले सवरि भन्ने सार्की जातकि महिलाको जुठो खानुभएको छ र मानिसको जात हुँदैन भनेर देखाउनुभएको छ ।

यहि धर्ममा श्री बिश्वामित्र क्षेत्री कुलमा जन्मिएर पनि ब्राह्मण बनेका छन र श्री परशुराम ब्राह्मण कुलमा जन्मिएर पनि क्षेत्री बनेका छन् । कतै हामिले हाम्रै धर्मलाई बुझ्न र अध्ययन गर्न नसकेको त हैन ? यो विभेद त मानिसको दिमागमा रहेको र पछि छिराईएको न’कारात्मक सोच मात्र हो ।

मिडिया कुनै पनि देसको सबैभन्दा ठूलो शक्ति हो, तर यहाँ मिडियाहरु नै सबैभन्दा धेरै परिचालित पनि भएका छन् । देशमा ब्यवस्था परिवर्तनको नाममा विदेशी रकमबाट परिचालित मेडियाकर्मिहरु नै अहिले जातीय द्व’न्द फैलाउन उनिहरुबाट नै परिचालित भएका छन् । यो तितो यथार्थ हो ।

त्यसैले जातिय द्व’न्द, धार्मिक द्व’न्द निम्त्याउने खालका काम र कुनै निस्चित धर्मलाई वा जातलाई गा’ली दिँदै सराप्ने काम बन्द गरौं । जातिय वि’भेद छ भने त्यसलाई अन्त्य गरौं तर कुनै निश्चित जात र धर्मलाई जोड्न र गा’ली दिन जरुरी छ जस्तो हामिलाई लाग्दैन । यसो गर्दा झन् हिं’सा फैलने ड’र हुन्छ ।

मानिसको मृ’त्यु भएकोलाई मानिसको मृ’त्यु भएको भनौं , दलीतको मृ’त्यु भएको नभनौ। यसरी हामी आफैले वि’भेद निम्त्याउदै छौं । यत्ती बोल्दा र लेख्दा गालीको वर्षा हुनसक्छ । तर, जुन दिशामा हामी जाँदै छौं । जसरी हामी कुनै कुराको अध्ययन नगरी मेडियामा जे आउँछ त्यसैलाई बिश्वास गर्दै गएका छौं , यसले हामिलाई चेतनशील बन्न कहिल्यै दिँदैन । यसले देशमा एक दिन ठूलो द्व’न्दको निम्ता गरिरहेको छ । अब यदि दलीत मुक्तिकै लागि आ’न्दोलन गर्ने हो भने बिके हैन बिश्वकर्मा थर लेखौं ।

अझ आफ्नो नामको पछि कामी, सार्की , दमाई , डु’म सबै लेख्ने हिम्मत गरौं र आफ्नो जातमा गर्व गरौं । जात लुकाएर नहिडौ । जसले जात कै आधारमा वि’भेद गर्छ उसलाई सामाजिक ब’हिस्कार गरौं र सबैभन्दा ठूलो कुरा , यो दलीत भन्ने शब्द खा’रेज गरौं ।

जबसम्म हामीले यो गर्न सक्दैनौं । तबसम्म जातिय वि’भेद अन्त्य हुँदैन । आफ्नो जात लु’काएर त्यसमा गर्व गर्न नसकेर र त्यसलाई नयाँ नाम दलीत र पिछडिएको वर्ग भन्दै आफैं ज’बर्जस्ति हेपिएर हामी अघि बढ्दै जाने हो भने जति अरु जात र धर्मलाई गा’ली दिएपनी यो वि’भेद अन्त्य हुनेछैन । पहिले आफूले आफ्नो जातमा गर्व गरौं । यत्ती गर्दा पनि वि’भेद गर्छ कसैले भने तुरुन्त उसवि’रुद्ध मु’द्दा दर्ता गरौं ।

पूर्णिका शाहको फेसबुकबाट । तर त्यो अकाउन्ट उनको आफ्नै हो कि उनका फ्यानहरुले बनाएका हुन् भन्ने कुरा खुलेको छैन ।

Related Articles

Back to top button