vada
News

जब एक महिलाले गर्मी भयो भन्दै विमानको आपतकालीन ढोका खोलिन्…

काठमाडौं । विश्वमा अनेक थरीमा मान्छेहरु पाइन्छन् । यो बीचमा चीनको शियामेन एयरलाइन्समा एक महिला यात्रुले गर्मी भयो भन्दै विमानको आपतकालीन ढोका खोलेकी छन् । सोमवार शियामेन एयरलाइन्सको उडान नं एमएफ८२१५ मा यात्रुहरू विमानमा बस्ने क्रम जारी थियो र विमान धावनमार्गमा कुद्न ठिक्क परेको थियो । त्यसैबेलामा विमान कर्मचारीहरूले अचानक सुरक्षामा समस्या आएको बताए ।

महिला यात्रुको मूर्खताका कारण अन्य यात्रुहरू समस्यामा परे किनकि विमान मध्य चीनको वुहान तियानहे अन्तर्राष्ट्रिय विमानस्थलमा एक घन्टा ढिला हुन पुग्यो । अधिकारीहरूले ती महिला यात्रुलाई पक्राउ गरे अनि बल्ल विमान गान्सुको लान्चोतर्फ उडान भर्न सफल भयो । ती महिलाले लेभरलाई तल खसाएर ढोका खोलेकी थिइन् ।

त्यसो गर्दा ताजा हावा आएको भनेर उनी मख्ख थिइन् । तर त्यो ढोका नखोल्नू भनी विमानमा निर्देशन दिइएको हुन्छ । महिलाको हर्कतपछि आएको समस्याको भिडियो समेत सार्वजनिक गरिएको छ । विमान कर्मचारीहरू आपतकालीन ढोका खुलेपछि के गर्ने भनी अन्योलमा परेका छन् । ति महिलालाई हवाई यात्रामा प्रतिबन्ध लाग्न सक्ने बताइएको छ । एजेन्सी

Related Articles

Back to top button