vada
News

वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप २ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको संख्या ५१ पुगेको छ ।६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

६८ वर्षीय पुरुष ८ गते अस्पताल भर्ना भएका थिए । मुटु र निमोनियाका बिरामी उनको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

अर्का ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएकोमा उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै बुधबार विहान मृत्यु भएको थियो । उनको बुधबार साँझ पोजेटिभ रिपोर्ट आएको छ ।

Related Articles

Back to top button