vada
News

भौतिक उपस्थितीको परीक्षा हैन, वैकल्पिक विधि अपनाउन माग गर्दै त्रिविमा उर्लिए विद्यार्थी [भिडियोसहित]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितीमा नै परीक्षा लिने निर्णय लिएर तालिका नै प्रकाशित गर्न थालेपछि विद्यार्थीहरु बिरोधमा उत्रिएका छन् । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) अझै जटिल अवस्थामा नै रहेकाले भौतिक उपस्थितीमा परीक्षा लिएर हैन अन्य विधि अपनाएर माथिल्लो तह बृद्धि गर्न माग गर्दै बिरोध हुन थालेको हो । हालै त्रिवि अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान को स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले त्रिविले भदौ दोस्रो हप्ता बाट लिन लागेको परीक्षाको विरोध जनाएका थिए ।

सो विरोध कार्यक्रममा त्रिवि अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायका विद्यार्थीहरु र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन का प्रतिनिधिहरुको पनि सहभागिता र समर्थन रहेको थियो । विद्यार्थीहरुको रोकिएको परीक्षाको आन्तरिक मुल्यांकन वा अरुकुनै सरल बैकल्पिक विधिबाट सेमेष्टरको मुल्यांकन गरियोस र उपल्लो सेमेष्टरको तत्काल अनलाइन माध्यमबाट पठनपाठन सुरु गरियोस र सेमेष्टर प्रणालीको जिम्मा डीन कार्यलयले राखेको मा अब सम्बन्धित विभागलाई दिइयोस र सेमेष्टर प्रणालीको सुधार गरियोस भनेर नाराबाजी पनि गरेका थिए ।

नेपाल सरकारले मिति २०७७ साल भदौ १ गतेबाट लामो दुरीको सार्वजनिक सवारी साधन र रोकिएको परीक्षा सुञ्चालन गर्ने निर्णय गरे सँगै त्रिवि पनि सोही निर्णयलाई टेकेर भदौको पहिलो÷दोस्रो सातामा काठमाडौँमा परम्परागत प्रणालीलाई आत्मसाथ गरि विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा गर्न लागेको छ । त्रिविले गठन गरेको विज्ञ समितिले दिएको ४ वटा मोडालिटीमा पनि सबैभन्दा जटिल र यो परिष्थीतीमा लगभग असम्भव देखिएको परीक्षा प्रणालीलाई प्राथमितकता दिनु दुखद छ ।

Related Articles

Back to top button