vada
News

उद्योगमन्त्रीलाई ज्यान मा’र्ने ध’म्की, ‘एमसीसी समर्थन गरिस् भने टाउको का’टिन्छ’ !’

काठमाडौं,१५ साउन । लामो समयदेखि वाहसको विषय बनेको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) पास गर्ने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्या’न मा’र्ने ध’म्की आएको छ ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको का’ट्ने ध’म्की दिएको बताउनु भएको हो ।

मन्त्री भट्टले बैठकमा बोल्दै भन्नुभयो ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा,तैले समर्थन गरिस् भने तेरो टा’उको का’टिन्छ । शब्दै यही छ ।’ थप्दै भन्नुभयो, ‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने ते’रो जि’म्मा हो (भने)’ नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएको उहाँले बताउनुभयो ।

Related Articles

Back to top button