vada
News

यी हुन् भगवान गणेशका ११ स्वरुप, कस्को पूजा गर्दा के फल मिल्छ ?

न्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ । त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ । श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

सेतो गणेशः
भगवान गणेशका विभिन्न स्वरुप मध्ये तपाईले सेतो गणेशको प्रतिमा देख्नुभएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सवै सदस्यहरुको दःख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेशः

मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने भक्तहरुको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेशः

पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुनुका साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास गरिन्छ ।

चाँदीको गणेश

जसले धनको इच्छा राख्छ । उसले चाँदीद्वारा निर्माण गरिएको गणेको प्रतिमालाई पूजा गर्नुपर्ने जनाइन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश

पूजामा प्रयोग हुने चन्दन (एक प्रकारको काठ)बाट निर्माण गरिएको भगवान गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकोको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेशः

धन-सम्पत्ति प्राप्तिका लागि पारद अर्थात पारोबाट बनेको गणेको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेशः

घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेशः

हरियो रंगको श्रीगणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस्तो प्रकारको गणेश घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश

यदी कोही धन प्राप्तिको इच्छा राख्दछन् भने हात्तीमा बिराजमान भएको भगवान गणेशको प्रतिमा पूजा कोठामा स्थापना गरी विधिपूर्वक नित्य पूजा गर्नुपर्छ । हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेशः

नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ । मनको शान्ति र एकाग्र बन्नको लागि नाच्दै गरेको गणेशको मूर्ति पूजा स्थानमा राख्नु उत्तम मानिन्छ ।

पञ्चमुखी गणेशः

तान्त्रिक क्रिया सिद्दिका लागि पञ्चमुखी गणेश भगवानको पूजा गर्नु उत्तम मानिन्छ । पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button