News
काठमाडौं उपत्यका प्रबेश गर्ने नाकामा परिक्षण गर्दा २४ जनामा देखियो कोरोना संक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । काठमाडों उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रिने नाकाहरुमा कडाई गर्न थालिएको छ ।
यस्तै उपत्यका भित्रिने नाकामा स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको छ । थानकोट,फर्पिङ र साँगा नाकामा केही दिनयता स्वाब परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका भित्रिने ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।