vada
News

आफ्नो ४६ वर्ष पुरानो घडी बेच्न गएका ब्यक्ति, मुल्य सुनेर बे’होस भएर भुइँमा ल’डे [ भिडियो सहित ]

एजेन्सी । एक जना ब्यक्तिले आफ्नो ४६ वर्ष पुरानो घडी बेच्न जाँदा त्यसको मुल्य सुनेर वे’होस भएका छन् । अमेरिकामा यस्तो घ’टना भएको हो । अमेरिकाका एक व्यक्तिले सन् १९७४ मा रोलेक्स घडी ३४५ डलरमा खरिद गरेका थिए। उनलार्य अहिले त्यो घडी बेच्नु पर्ने भयो । पूर्व अमेरिकी सेना रहेका उनी साथीले दिएको सल्लाहका आधारमा सो घडी किनेका थिए । ती व्यक्तिले सेवाकै क्रममा रोलेक्स राम्रो घडी राम्रो हुन्छ भनेर किनेको बताएका छन् ।

उनको घडी ४६ वर्ष पुरानो भएपनि राम्रोसँग चलिरहेको चल्न छोड्यो । हालै रोलेक्सले एन्टिक सोमार्फत् पुराना घडीहरु बोलाबोलमार्फत् खरिद गर्ने एक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा ती व्यक्ति पनि आफ्नो घडी बेच्न र मूल्य बुझ्न भन्दै त्यहाँ गए। जब रोलेक्सका एक अधिकारीले उनको घडीको मूल्य ४ लाख अमेरिकी डलर भएको बताए।

उनी घडीको मुल्य सुनेर भुइँमै ल’डे। तर एकै छिनमा उनी उठेर खुसी भए । यतिबेला सामाजिक सन्जालमा ती व्यक्तिको भिडियो निकै भाइरल बनिरहेको छ उक्त घडी ती पूर्व सेनाले त्यसबेला पनि महँगो मूल्यमा नै किनेका हुन् । उनका अनुसार उनलाई यो घडी यति मनपर्यो उनले कहिल्यै घडी लगाएनन्। वर्षौसम्म सुरक्षित राखे। निकै नै राम्रो अवस्थामा यो दुर्लभ घडी पाएपछि रोलेक्सले यस घडीको लागि ५ लाखदेखि ७ लाख डलर ति’र्ने बताइएको छ।

हेरौं उक्त भिडियो:

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button