vada
News

निर्मला पन्त का’ण्ड : तत्कालीन एसपी विष्टसहित प्रहरीले पाए सफाइ

१५ साउन, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्याको घ’टनाको प्रमाण लोप गरेको आ’रोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी वि’रुद्ध दर्ता भएको सार्वजनिक न्यायवि’रुद्धको क’सूर र यातनासम्बन्धी क’सूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मु’द्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए । उनीहरुवि’रुद्ध निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भएको प्रमाण न’ष्ट गरेको र हि’रासतमा रहेकालाई यातना दिएको भनी मु’द्धा परेको थियो ।

मु’द्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट ह’टाइएका थिए ।

निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्याको घ’टनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण न’ष्ट गरेको आ’रोप लागेको थियो ।

Related Articles

Back to top button