vada
News

तुलसीपुर उपमाहानगरपालिकाका प्रशासकिय प्रमुख नागढुङ्गाबाट घुससहित पक्राउ

१६ साउन काठमाडौं । तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्णकान्त उपाध्याय घुससहित रङ्गेहात पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले प्रशासकीय प्रमुख उपाध्यायलाई चन्द्रागिरिको नागढुङ्गावाट घुससहित रङ्गेहात पक्राउ गरेको हो । उनी दाङबाट बा २ झ ४०९० नम्बरको ब्रेजा गाडीबाट काठमाडौं आएका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले खानतलासी गर्दा घुसबापत लिएको रकम १ लाख २४ हजार ७ सय ५६ रूपया नगद सहित १४ लाख बराबरको बैंक डिपोजिट रसिद र तीन थान मोवाईल सहित बरामद गरेको छ । घुस रकम लिएको सुराकीको आधारमा अधिकारीलाई बुट्वलदेखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा नाकामा रोकि खोजतलास गरिएको थियो ।

Related Articles

Back to top button