vada
News

साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीले उठाइन् यस्तो कदम

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले साइबर उत्पीडनविरुद्ध नयाँ अभियान शुरु गरेकी छिन् । उनले महाराष्ट प्रहरीको ‘मिसन जोश’ सँग मिलेर फुलस्टपटुसाइबरबुलिङ अभियान थालेकी हुन् ।

‘साइबर उत्पीडनमाथि रोक अभियान ‘मिशन जोश’ को पहल हो, म महानिरीक्षक प्रताप दिवाकरसँग मिलेर यसमा काम गर्नेछु,’ सोनाक्षीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

यो अभियानले जागरुकता फैलाउन, अनलाइन उत्पीडन, ट्रोल र ट्रोलिङ पीडितको मानसिक स्वास्थ्यमा पर्ने असरप्रति मान्छेलाई जागरुक बनाउन कदम चाल्नेछ ।

सोनाक्षीले एक भिडियो पोस्टमार्फत भनेकी छिन्, ‘कैयन् व्यक्ति ट्रोलको शिकार हुन्छन्, उनीहरुमध्ये म पनि एक हुँ, अब मैले फैसला गरेँ कि, अब पुग्यो, अब साइबर उत्पीडन र अनलाइन ट्रोलिङमा पूर्ण रोक हुनेछ

भारतीय कलाकारहरु साइबर ट्रोलिङको शिकार बन्दै आइरहेका छन् ।

सोनाक्षीले जुन महिनामा नकारात्मकबाट जोगिन भन्दै आफ्नो ट्वीटर खाता बन्द गरेकी थिइन् । उनले इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन् ।

Related Articles

Back to top button