vada
News

भोलि साउन १८ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय, सवारी साधन पूर्णरुपमा बन्द – जानकारीको लागी सक्दो शेयर गरौँ!

झापा। भोलि बिहान ५ बजेदेखि झापाको अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी लकडाउन गर्ने निर्णय गरेको छ। नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ बजेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा को’रोना भा’इरस सं’क्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो ।

उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्था लगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ। मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन् ।

संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ । यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । बिरामी भएको अवस्थामा सम्बन्धित वडाध्यक्षको सिफारिसमा उपचारका लागि सवारीसाधन प्रयोग गर्न पाइने उनले बताए।

यसैबीच, पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक पर्ने सामग्री भिटिएम किट खरिद गर्ने निर्णय पनि गरिएको छ । नगर स्वास्थ्य शाखा प्रमुख तथा सीसीएमसीका सदस्य सचिव मुकुन्द बस्नेतका अनुसार एक हजार थान भिटिएम किट खरिदका लागि आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय भएको छ । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पाँच दिनका लागि गरिएको यो व्यवस्था सं’क्रमणका आधारमा थप गर्न सकिने बताइएको छ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button