vada
News

बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भ’गाइदिएपछि…गाउँ भरि नै खैलाबैला !

काठमाडौं। भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भ’गाइदिन्छन् । यस्तो घ’टना भारतको गुजरातको सूरत जिल्लामा भएको आज तकले लेखेको छ ।

यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घ’टनापछि दुवै परिवारमा वि’वादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तो’डिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आ’शंका गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बे’पत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बे’पत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बे’पत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Related Articles

Back to top button