vada
News

विदेशमा एक सातामा २८ नेपालीको कोरोनाबाट मृत्यु, कहाँका कति ?

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका विभिन्न देशमा संक्रमितको संख्या बढीरहेको छ । यस्तै विश्वका बिभिन्न देशमा रहेका नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको छ ।पछिल्लो सात दिनमा विदेशमा २८ नेपालीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने थप २८ जना नेपालीमध्ये भारतका २५ जना, साउदी अरेबियाका दुई जना र दक्षिण अफ्रिकाका एक जना रहेका छन् ।

यससँगै विदेशमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १ सय ८९ पुगेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । सङ्घका अनुसार हालसम्म विश्वका ३८ देशका नेपालीलाई कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ । जसमा सबैभन्दा बढी भारतमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button