vada
News

पाकिस्तानमा अमेरिकी नागरिकलाई अदालतभित्रै ६ गो’ली

काठमाडौं। पाकिस्तानमा एक अमेरिकी नागरिकलाई न्यायाधीसकै अगाडी ६ गो ली प्र हा र गरिएको घटनामा पाकिस्तानले प्रतिकृया दिएको छ । पाकिस्तानको पेशावर शहरमा ईशनिन्दाको आरोप लागेका अहमदी समुदायका एक व्यक्तिलाई अदालतमा सुनुवाइको क्रममा न्यायाधीशकै अगाडि ६ गो ली हा’नि’एको थियो । पुलिस अधिकारी एजाज अहमतले अल जजीरालाई बताए अनुसार तहरीर अहमद नसीमलाई बुधबार एक जिल्ला अदालतमा सुनुवाइको क्रममा सो घटना भएको हो ।

निधन भएका ब्यक्ति अमेरिकी नागरिक हुन् । ज्यान लिनेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको पहिचान खालिद खानको रुपमा गरिएको छ । उनले आफ्नो गल्ती स्वीकार गर्दै घटनाको जिम्मेवार निधन भएकै ब्यक्तिलाई भनेका छन् । उनले अमेरिकी नागरिकले गरेको गल्तीका कारण आफुले गो’ली हा’नेको बयान दिएका छन् ।

अदालत छाउनी इलाकामा उच्च सुरक्षा क्षेत्रमा स्थित छ । यहाँ प्रान्तको विधानसभा भवन, पेशावर हाइकोर्ट, मुख्यमन्त्री सचिवालय र गभर्नर हाउस पनि अवस्थित छन् । अदालतमा उपस्थित वकिलले बताएअनुसार तहरीर अहमदविरुद्ध ईशनिन्दा कानुन अन्तर्गत मु द्दा चलिरहेको थियो । उनलाई पेशावर सेन्ट्रल जेलबाट अदालत ल्याइएको थियो ।

यो घटनापछि अमेरिकाले घटनाको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसियाली विभागले ट्वीट गर्दै भनेको छ ‘पाकिस्तानको अदालतमा मा रि एका अमेरिकी नागरिक ताहिर नसीमको परिवारप्रति हामी समवेदना व्यक्त गर्दछौं । पाकिस्तानसँग अपिल गर्दछौं कि उसले आरोपीहरुविरुद्ध कडा कारवाही गरोस् र अगाडि यस किसिमका घटनाहरुमा रोक लगाओस् ।

Related Articles

Back to top button