vada
News

सेतीमा ब’गेर दुई स्वास्थ्यकर्मी बे’पत्ता

डडेलधुरा, १७ साउन । सेती नदीमा ब’गेर दुई जना स्वास्थ्यकर्मी बे’पत्ता भएका छन् । शनिबार दिउँसो १२ बजे डडेल्धुरा अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी बे’पत्ता भएको डडेलधुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेप’त्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालका हेल्थ असिटेन्ट विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन्।

डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नदीमा नुहाउन गएका उनीहरु नुहाउने क्रममा बगेर वे’पत्ता भएको प्रहरीको भनाइ छ । सोही समय बगेका एकजनालाई भने उद्धार गरिएको छ। बेप’त्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ।

Related Articles

Back to top button