vada
News

फसेबूकको स्टाटसको विषयलाई लिएर वीरगञ्जमा २ डाक्टर बीच हाना हान

काठमाडौं, १३ जेठ । कोरोनाको त्राुसका बीच काम गरिरहेका चिकित्सकहरुनै एक आपसमा भि’डेका छन् । सामाजिक सञ्जालमा लेखेको स्टाटसका विषयलाई लिएर वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कु’टा कु’ट भएको हो ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक र नेशनल मेडिकल कलेजका जुनियर चिकित्सकबीच कु’टा कु’टको अवस्था आएको हो । नारायणी तर्फका डा दीपक चौरसिया र नेशनल तर्फका डा मधुरञ्जन सिंहको समुह एक आपसमा भि’डेका हुन् ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै दुई समुह भि’ड्न लागेपछि सुरक्षाकर्मीको सहयोगमा विवाद मिलाइएको हो । सामान्य झ’डपमा नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

‘ह्वाट्स एप ग्रुपमा डा मधुरञ्जन सिंहले सरकारी अस्पताल र त्यसमा काम गर्ने चिकित्सकहरुको मान मर्दन हुने खालको कमेन्ट र स्टाटस लखेको भन्दै विवाद सुरु भएको बताइएको छ ।

सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, जस्ता तुच्छ शब्द प्रयोग गर्ने गरेपछि जुनियर चिकित्सक आ’क्रोशित भएका थिए । उनीहरुले यस्तो अप्ठेरो परिस्थितीमा काम गरिरहेका चिकित्सकको मनोवल खस्कनेगरी कमेन्ट नगर्न आग्रह गर्दा आफुहरु माथि जाइलाग्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना सक्रम’णको महामा’रीसँग लड्न अग्रपंक्तिमा रही व्यस्त रहेको समयमा जुनियर चिकित्सकहरुबीच विवाद गर्नु उचित होइन । त्यसैले दुवै पक्षलाई मेलमिलाप गराइसकेका छौं ।’

Related Articles

Back to top button