vada
News

पाँच दिनदेखि हराई रहेका शिक्षक मृत फेला

उदयपुर /पाँच दिनयता हराईरहेका उदयपुर त्रियुगा नगरपालिका – १२ पुरानो गाईघाट घर भएका एक शिक्षक मंगलबार मृत अवस्थामा भेटिएका छन ।

स्थानीय ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका – १३ स्थित भुसुने सामुदायिक वन क्षेत्रको रुखमा झु, .ण्डि ,र मृत अवस्थामा भेटिएको प्रहरी उपरिक्षक बिरबहादुर बुढामगुले वताए ।

करमको रुखमा भोर्लाको लहराले घाटीमा पा, सो लगाई झु. ण्डि मृत्त अवस्थामा श्रेष्ठ भेटिएको उनले वताए । खोटाङको दिप्रुङ चुईचुमा गाउँपालिका वडा न ४ वतासे वालिङ्खा विद्यालयको प्रधानाध्यापक समेत रहेका श्रेष्ठ ५ दिन पहिले हराएका थिए ।

विद्यालय जानका लागि झोला समेत तयारी गरिसकेका श्रेष्ठ हाप पाइन्ट किन्न भनेर बजार गएका थिए । ५ सय रुपैया बोकेर हाप पाईन्ट किन्न गाईघाट बजार जान्छु भनेर हिडेका उनी नफर्किएपछि खोजी भएका थिए ।

लकडाउन अगावै श्रेष्ठ विद्यालयलाई आवश्यक पर्ने जस्तापाता लगायत निर्माण सामाग्री खरिद गर्ने भन्दै घर आएका थिए । तर, लकडाउनका कारण उनी घरमै रोकिएको प्रहरीले जनाएको छ । श्रेष्ठको बिद्यालय निर्माण कार्य भईरहेको छ । श्रेष्ठको बिषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ । esidhakura.comबाट

Related Articles

Back to top button