vada
News

सर्वोच्चको आदेश, को’रोना जाँच निःशुल्क गर्नू

काठमाडौं। देश अहिले को’रोना महामारीसँग जुधिरहेको छ । को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ६५औं दिन भ’इसकेको छ । जनताले खानेकुराको अभाव बेहोर्न थालिसकेका छन् । तर, शुल्क तिरेर को’रोना परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयको निर्णयपछि निजी अस्पताल खुबै हौसिएका थिए । को’रोना परीक्षण गरेको १५ हजारसम्म लिन पाइने भो भन्ने खुसीले दंग भएका उनीहरू चौतर्फी आलोचना भएपछि सरकारले शुल्क नतोकेको प्रस्टीकरण दिन बाध्य भयो।

मंगलबार मात्र सर्वोच्च अदालतले कम आय भएका वर्गका व्यक्तिको को’रोना परीक्षण निशुल्क गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कम आय भएका त्यस्ता व्यक्तिको निःशुल्क को’रोना भा’इरस परीक्षण गर्न आदेश दिएको हो।

बार्षिक दुई लाख सत्तरी हजारभन्दा कम बार्षिक आय भएका, गरीबीको रेखामुनी भएका, विदेशबाट लुकीछिपी आएका, को’रोनाको लक्ष्यण देखिएका जिल्लाका व्यक्ति र भारतबाहेक तेश्रो मुलुकबाट आएका बार्षिक सात लाखभन्दा कम आय भएका व्यक्तिको निशुल्क परीक्षण गर्न सरकारको नाममा आदेश दिएको हो। अधिवक्ता सन्तोष भण्डारी लगायतका कानुन व्यवसायीहरुले दायर गरेको रिटमाथि भएको सुनुवाइपछि सो आदेश भएको हो । रिटमा सबै नागरिकको निशुल्क को’रोना परीक्षण गर्न माग गर्दे सरकारको नाममा आदेश माग गरिएको थियो।

Related Articles

Back to top button