vada
News

नेपालसंगको सी’मा वि’वादबारे राहुल गान्धी बोले, मोदी सरकारलाइ लगाए यस्तो घ’म्भिर आ’रोप, भारतभर ह’लच’ल

नयाँदिल्ली / भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सी’मा वि’वादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै अ’सन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सी’मा वि’वाद किन भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको बताए । ‘जबसम्म हामीलाई जानकारी गराइँदैन तबसम्म वि’वादबारे प्रस्ट बोल्न सकिँदैन,’ उनले भने ।

गान्धी दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए । त्यस क्रममा उनी केही दिन काठमाडौं पनि बसेका थिए । काठमाडौं बसाइका बेला उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच त’नावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए ।

सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले वि’रोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ । भारतको उक्त कदमलाई लिएर नेपालमा च’र्को वि’रोध भइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरू कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको वि’रोध गरेको अभिव्यक्ति दिएका थिए ।

नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंक–ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले गरेको वेबनारमा नेपालले गरिरहेको वि’रोधमा चीनको हात रहेको तर्फ संकेत गर्दै उनले त्यस्तो धारणा राखेका थिए ।

वि’वादकै बीच नेपालले सन् १८१६ को सुगौली सन्धिलगायत अन्य ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाएर नेपालको पश्चिमी सी’मा लिम्पियाधुरासम्म समावेश गर्दै नयाँ नक्सासमेत जारी गरिसकेको छ ।

नेपाल र भारतबीच सी’मा वि’वाद उर्त्कषमा पुगे पनि भारतका कांग्रेसलगायतका वि’पक्षी दलहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले अघिल्लो साता व्यक्तिगत रूपमा ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घ’निष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढेकामा सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए । भारतको नेपालसँगको सम्बन्धमा चिसोपन कायम रहेका बेला चीनसँगको सम्बन्धमा पनि त’नावपूर्ण बनेको छ । लद्दाख र सिक्किमको सी’मावर्ती क्षेत्रमा सी’मालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता त’नाव बढेको हो ।

Related Articles

Back to top button