vada
News

भत्ता बुझ्‍न गएका वृद्धको ढुंगाले लागेर घटनास्थलमै गयो ज्यान

फिदिम – भत्ता बुझ्‍न गएका वृद्धको ढुंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका ११ का ८२ वर्षीय हरीप्रसाद श्रेष्ठ रहेका छन् । उनको आज बिहान सेजेपाको भीरबाट झरेको ढुंगाले लागेर मृत्यु भएको हो ।

मृतक श्रेष्ठको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । घटना स्थलमै ज्यान गुमाएका उनको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ । वृद्धाभत्ता थाप्न आइतबार श्रीमतीसँग फिदिम आएका श्रेष्ठ घर फर्कने क्रममा साँझ परेपछि आफन्तकोमा बास बसेका थिए ।

Related Articles

Back to top button