vada
News

कोरोनाबाट थप एक जनाको मृ*त्यु, आजै मुख्य न्यायाधीवक्तासहित २२ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप एकजना कोरोना संक्रमितको ज्या न गएको छ । विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृ त्यु भएको हो । विराटनगर–५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्या न गुमाएका छन् ।

कोसी अस्पतालका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको थियो । अर्को तिर प्रदेश १ का मुख्य न्यायाधीवक्तासहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button