vada
News

काठमाडौं उपत्यकामा दिनानुदिन बढ्दै कोरोना, कुन जिल्लामा कति संक्रमित छन् ? हेर्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । आज सोमबार मात्र काठमाडौं उपत्यकामा थप ५१ जनाका कोरोनाधाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार आज मात्र काठमाडौंका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ६ सय ६५ पुगेको छ । यस्तै हालसम्म काठमाडौंमा ४९३ जनामा, ललितपुरमा १०८ जनामा र भक्तपुरमा ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सरकारले कोरोनाको रोकथामको लागि गरिएको लकडाउन अन्त्य गरे लगत्तै काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको हो । लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट मानिसहरु हाउन थालेका छन् ।

जसका कारण काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेको छ । नेपालमा आज थप ४१८ जना नयाँ कोरोना स.क्रमित थपिएसँगै कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

Related Articles

Back to top button