vada
News

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज (बुधवार) मात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म ८८६ जनालाई संक्रमण भएको छ भने १८३ जना संक्रमित स्वास्थ्य उपचार पछि निको भएका छन् । त्यस्तै ४ जनाको अहिलेसम्म मृत्यु भईसकेको छ ।

 

त्यस्तै, नेपालमा थप २८ जना डिस्चार्ज भएका छन् ।

नारायणी अस्पलाबाट पर्साका २१ जनाले कोरोना संक्रमण जितेका छन् । जसमा डेढ वर्षको बालक देखी ६२ वषसम्मका रहेका छन् । जसमध्ये ५ महिला र १६ जना पुरुष रहेका छन् । उनीहरु ११ औ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै, कोसी अस्पतालबाट उदयपरका४ जना डिस्चार्ज भएका छन् । उनीहरु ३६ देखी ६५ वर्ष सम्मका रहेका छन् । जसमध्ये ३ जना पूरुष र १ जना महिला रहेका छन् । उनीहरु १७ औ देखि ३६ दिनसम्ममा डिस्चार्ज भएका हुन् ।

बाँकेबाट २ जना डिस्चार्ज भएका छन् र बर्दियाकी ११ वर्षिय बालिकापनि आजै डिस्चार्ज भएकी छन् ।

यो सँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १ सय ८३ पुगेको छ ।

Related Articles

Back to top button