vada
News

नेपालमा फेरी २ साता लकडाउन गर्न भन्दै विज्ञले दिए प्रधानमन्त्री ओलीलाई सुझाव

काठमाडौं । पछिल्ला दिनमा नेपालमा समुदायमा नै कोरोना संक्रमणको पुष्टि भएसँगै नागरिकहरुबिच सन्त्रासको अवस्था सिर्जना भएको छ ।

कोरोना संक्रमणको दर ह्वात्तै बढ्नु, मृतकको संख्या पनि बढीरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेका हुन् ।

विज्ञहरुसँगको छलफलका क्रममा विज्ञहरुले विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि कम्तिामा पनि २ साताका लागि लकडाउन गर्न सुझाएका छन् । विज्ञहरुले तत्कालको समस्या लकडाउन नै भएको र लकडाउन गरेको समयमा ब्यापक परिक्षण गरेर नियन्त्रणमा लिन सकिने हुँदा यसले निकास दिन सक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको प्रमका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो छलफलमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका थिए ।

Related Articles

Back to top button