vada
News

अमेरिकन आइडल उपविजेता बने नेपाली गायक दिवेश पोखरेल, इतिहासमै नेपालको नाम उचोँ

अमेरिकन आइडलमा पुगेका २२ वर्षीय नेपाली गायक दिवेश पोखरेल आइडलको उपविजेता भएकाछन् । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन ।यो संगै इतिहासमा नै नेपालबाट अमेरिकन आइडल फाइनलमा पुगेकाछन् । शुरुवातदेखि नै धमाकेदार प्रस्तुती दिदै आएका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल सम्म पुगेका थिए ।

क्यालिफोर्नियाको समयअनुसार आइतवार साझँ अमेरिकन आइडलको फाइनल भएको थियो । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए ।
काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्छन् ।

अमेरिकन आइडल बनेकी जस्ट साम

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

Related Articles

Back to top button