vada
News

ऊहानमा मालिकको को’रोनाका कारण मृ’त्यु, तर उनको कुकुर ३ महिनासम्म अस्पताल बाहिर कुरेर बसिरह्यो

एजेन्सी : कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घ’टना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ। उसले तीन महिनादेखि को’रोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो । उसको मालिकको मृ,त्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भे’ट्ने आशामा प्रतिक्षा गरिरह्यो ।

डेली मेलका अनुसार​ शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए। १३ अप्रिलमा जब ऊहा नमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।

पसले वू कुइफेनका अनुसार अप्रिलको मध्यमा उनी अस्पताल बाट बाहिर निस्कि रहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यसललाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्पतालका कर्म’चारीले मलाई शिआओका मालिक एक वृद्ध पेन्सनर भएको बताए जो को’रोनाद्वारा सं’क्रमित थिए ।’ वू भन्छन्, ‘मेरो शिआओसँग एउटा परिवारको जस्तो सम्बन्ध छ ।

जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ । यसलाई मैले धेरै पटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइहाल्छ । शिआओ अब मलाई छो’डेर जान चाहँदैन।’ २० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुगेको थियो, त्यतिबेला त्यहाँ बि’रामीको अत्यधिक भी’ड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै अ’सन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेखदेख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हेरविचार गरियो र न’सबन्दी पछि उसलाई फिर्ता छो’डिएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

Related Articles

Back to top button