vada
News

मेरो प्रेमिले शिल्पाको जस्तै कानको जाली फुटाइ दियो,आयोजकले रात बिताउन ‘रेट’ सोधेपछी आशु बग्यो (भिडियो हेर्नुहोस)

ज्योती मगर गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको हो । उनी विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन,उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन । प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।

२०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ‘ढाडे बिबिरालो’नामक गीत रहेको छ जसमा उनले एकदमै भाव झल्किने खालको अभिनय गरेकी छिन् तर उनले सकारात्मक चर्चा भने पाउन कहिले सकिनन तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेकी छिन । भिडियो हेर्नुहोस

Related Articles

Back to top button