vada
News

पुष्पा अधिकारीको काखवाट रुहाउदै खोसेर लगिएका यि बालबालिका भन्छन् ‘हामीलाई पुष्पा आमा नै चाहिन्छ’ (भिडियो हेर्नुस्)

काठमाडौं । बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो । तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । जसमा बालगृहका बालबालिकाहरुले आफुहरुलाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन् ।

लाइट नेपाल नामको युट्युव च्यानलका युट्युवरले गरेको प्रश्नमा उनीहरुले आफुहरुलाई पुष्पा आमाको निकै माया लाग्ने गरेको बताएका छन् । सबैभन्दा बढी माया कसको लाग्छ ? भनेर प्रश्न गर्दा उनीहरुले भनेका छन्, पुष्पा आमाको ।

उनीहरुले बालगृहमा आफुहरुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् । पुष्पा आमाले पनि आफुहरुलाई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफुहरुलाई अरु माया गर्ने आमासंग लगिदिने भनेको पनि उनीहरुले बताएका छन् । ‘भाग्य सरले हामीलाई पुष्पा आमाले माया गर्नुभयो भने बस होइन भने म अरु माया गर्ने आमाको घरमा लगिदिन्छु । यो संसारमा अरु पनि माया गर्ने धेरै आमा छन् भन्नु भयो’ उनीहरुले एकै श्वरमा भनेको भिडियोमा सुन्न सकिन्छ ।

Related Articles

Back to top button