vada
News

कैलालीको गौरीफन्टा नाकामा भद्रगोल, ला’परवाही बढेपछि कोरो’नाको जो’खिम (भिडियो हेर्नुस्)

काठमाडौं, २४ साउन । अहिले भारतसंग सिमाना जाडिएका तराईका जिल्लामा समुदाय स्तरमै को’रोना फैलिएको भन्दै सरकारले थप सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तराईका धेरै जिल्लामा कोरोना नियन्त्रण वाहिर गएका कारण निषेधा’ज्ञा लगाइएको छ । तर सुदूरपश्चिमको यो गौरी फन्टा नाकाको अवस्था हेर्नुहोस् जहाँ सामान्य अवस्थामा जस्तै सर्वसाधारण हुल बाँधेर नेपाल फर्कीएका छन् । उनीहरुलाई सामान्य सुरक्षाको मापदण्ड पनि अपनाइएको छैन । सिमानामा बसेका सुरक्षाकर्मीले उनीहरुको संख्या टिप्ने बाहेक अन्य कुनै ब्यवस्था गरेको छैन ।

भारतवाट आएर उनीहरु सिधै घर जान्छन् । क्वारेन्टिनको ब्यवस्था छैन । स्थानिय जनप्रतिनिधिको कुनै भूमिका देखिदैन । जसका कारण गाउँ गाउँ सम्म कोरोना समुदायमै पुग्ने जोखिम बढेको छ । कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भारतसँग जोडिएका सीमानाकामा समान्य समयको जस्तै आवागमन हुन थालेपछि को’रोनाको जो’खिम बृद्धि भएको स्थानियको भनाई छ ।

Related Articles

Back to top button