vada
News

विमान दुर्घटनामा ज्या’न गुमा’एका १८ मध्ये एकमा को’रोना पुष्टि

एजेन्सी, २४ साउन । एयर इन्डििया एक्सप्रेसको विमान केरलाको कोझिकोड एयरपोर्टमा दु’र्घटनाग्रस्त हुँदा मृ’त्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घ’टनामा दुई पाइलटहरु सहित १८ जनाको मृ’त्यु भएको हो। चालक दलका ४ सदस्य सदस्यहरू सुरक्षित रहेको बताइएको छ।

दुबईबाट फर्केको उक्त विमानमा १९० यात्रू सवार थिए। यात्रुहरुमा १० बालक र अन्य चालक दलका सदस्य सामेल थिए।दुर्घ’टनामा परि ज्यान गुमाएका १८ जना मध्ये एक व्यक्तिमा को’रोना भा’इरस ‘कोभिड १९’ को संक्रमण देखिएको छ। मृत’कमध्ये एकमा को’रोना पुष्टि भएको र उक्त विमानमा सवार रहेका अर्का एकमा को’रोना संक्रम’णको आ’शंका गरिएको बीबीसी हिन्दीले जनाएको छ।

मृत’क एक जनामा को’रोना पु’ष्टि भएपछि केरलाका स्वास्थ्यमन्त्रीले उद्धारमा खटेका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन दिएकी छिन्। केरलामा शुक्रबार राति ७ बजेर ४० मिनेटमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान रनवेमा दुर्घटना हुँदा २ टुक्रा भएको थियो। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घ’टनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घ’टनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए।

शुरुमा १७ जनाको मृ’त्युको खबर आएपनि घाइ’ते मध्ये थप एक जनाको मृ’त्यु भएपछि कुल मृ’तकको संख्या १८ पुगेको हो। मृ’तक मध्ये एक जना बाहेक अन्य सवैको शव चिन्न नसकिनेगरी जलेर नष्ट भएको पनि घट’नास्थलमा पुगेकाहरुले जनाएका छन्। स्थानीय अधिकारीहरूका अनुसार सबै मृत’कको सनाखत भइसकेको छ। घट’नामा परी विमान चालक दीपक साथे र उनका सह चालक अखिलेश कुमारको पनि मृ’त्यु भएको छ। विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए।घाइ’तेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्याइएको छ।

उप’चारमा संलग्न चिकित्सकहरुका अनुसार घाइ’तेहरु मध्ये १५ जनाको अवस्था ग’म्भीर रहेको छ। कोरो’नाभा’इरसको महा’मारी फैलिएपछि संयुक्त अरब इमिरेट्स यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घ’टनामा परेको हो। युएइको दुवईबाट शुक्रबार राती भारत आउदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्ग चि’प्लो भएकाले धावनमार्गमा चिप्लीएर दु’र्घटना भएको प्रारम्भीक विवरण छ। वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घ’टना भएको हो। दुर्घट’ना स्थानीय समयानुसार शुक्रबार बेलुका ७:४० मा भएको हो ।

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा जनाएका छन्। दर्द’नाक दुर्घ’टना भएको थाहा पाउने वित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घ’टनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन। भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको विमान दुर्घ’टनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले छानविन गर्ने जानकारी दिएका छन। भारतमा बर्षायाममा धेरै विमान दु’र्घटनामा पर्ने र सयौँको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Related Articles

Back to top button