vada
News

दुर्घटनामा साइकलयात्रीको मृ’त्यु, डुबेर बालकको ज्या’न गयो

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट आज सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्करबाट गम्भी’र घा’इते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डु’बेर एकजना बालकको समेत मृ’त्यु भएको छ । स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डु’बेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डु’बेको स्थानीयवासीले बताएका छन् । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घ’टनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button