vada
News

सुन, म’दिरा र सु’र्तीजन्य पदार्थको मूल्य भोलिदेखि नै बढ्ने

काठमाडौं। आगामी आर्थिक वर्षमा सुन, म’दिरा र सु’र्ती सबैको मूल्य बढ्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्स्तुत गर्दै अर्थमन्त्री खतिवडाले सुन, म’दिरा र सु’र्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो। बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ।

यस्तै,सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ। चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ।

यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।

सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो। यसपालीको बजेट पोहोर सालको भन्दा ५८ अर्ब कम हो।

Related Articles

Back to top button