vada
News

ग’रिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा ना’ङ्गा गोठाला

धनगढी। साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा ना’ङ्गै गोठाला हिँड्छिन्। आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छातानै छ । घरमा खान पुग्दैन । स्कुल पढ्न कापी–कलम, पोसाक र झोला त निकै परको सपना जस्तो छ । यो पी’डा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको हो ।

छिनमै पानी पर्ने, छिनमै कुहिरोले ढाकिने घनघस्याको लेकजस्तै चिसो सपना बोकेर आरती भण्डारी गोठालो हिँडेकी छिन् । “बुवाका हात राम्ररी चल्दैनन् । घरमा अन्न छैन, आरतीले भनिन्, “फा’टेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो । मसँग अन्य लुगा छैन । त्यसैले ना’ङ्गै हिँडेकी हुँ ।” आरतीका १२ वर्षीय दाइ पारस भण्डारीसँग पनि अरुले दिएको जिउमा नमिल्ने एकदमै लामो एकसरो जडौरी लुगा मात्र छ ।

बहिनीसँगै गाई चराउन घनघस्याको लेकमा भेटिएका पारस भण्डारीले लुगा किनीदिनू भन्दा बुवाले गा’ली गर्ने गरेको बताउनुभयो । “घरमा दुई जना अरु भाइबहिनी पनि छन् । एकछाक खान त पुग्दैन ! लुगा कसले किनिदिन्छ र ?” पारसले भन्नुभयो । बैतडीको पाटन नगरपालिकासँग जोडिएको डडेल्धुराको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँका यी बालबालिकाको भविष्य घनघस्याको उकालोजस्तै क’ठिन बनेको छ ।

पढ्ने, लेख्ने र खेल्दै रमाउने उमेरमा दुःखको पहाड बोकेर भोकै ना’ङ्गै हिँड्नु परेको छ । आरतीको गाउँनजिकै घनघस्या माध्यमिक विद्यालय छ तर नौ वर्षीय आरती भण्डारीले अहिलेसम्म विद्यालय टेक्न पाउनु भएको छैन । स्थानीय तहको सरकारले गाउँमा डोजर ल्याएर सडक खनेको छ तर, गरिब, वि’पन्न बालबालिको शिक्षा, खानपान र भविश्यको बारेमा केही नगरेको बालिकाका बुवा नारसिंह भण्डारीले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेल्धुराको अजयमेरु गाउँ पालिकामा भोकमरी र गरिबीले बाल बालिकाको यस्तो अवस्था रहेको स्थानीय विद्यार्थी पवन भण्डारीले बताउनुभयो । अरु पार्टीले गर्न नसकेको काम आफूले गर्ने प्रतिबद्धता जनाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराका युवा नेता उमेश भट्ट (विकास)ले स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिकाको अध्यक्ष जित्नुभयो ।

चुनाव जितेपछि नेकपाका नेता भट्टले पनि गरिब निमुखाको लागि केही काम गर्न नसकेको स्थानीय दीपकसिंह भण्डारीले बताउनुभयो । “अध्यक्ष भट्टले गाउँमा सडक पुर्याउने काम गरे पनि गाडी चल्दैनन्”, भण्डारीले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिका–१, को वडा अध्य पदमा निर्वाचित नेपाली काँग्रेसका स्थानीय नेता दत्ती भण्डारीले बालबालिको अवस्था नाजुक भएको बताउनुभयो ।

वडा अध्यक्षमा चुनाव जितेपछि गरिब, वि’पन्नका लागि योजना बनाउने सोच बनाए पनि गर्न नसकको भण्डारीले स्वीकार गर्नुभयो। खान लगाउन स’मस्या भएर ना’ङ्गै हिँडेकी आरती भण्डारीको विषयमा वडा कार्यालयबाट गाउँपालिकामा अहिलेसम्म कुनै जानकारी नआ एको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास) ले बताउनुभयो । “बालालिकाको बारेमा तुरुन्तै बुझेर गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्छौं” अध्यक्ष भट्टले भन्नुभयो । गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेख्नु भएको छ ।

Related Articles

Back to top button