News
अबदेखि सेना र प्रहरीले लगाउन पोशक र जुत्ता नेपालमै बनाउने
काठमाडौं । नेपाली सेना, प्रहरीसहित सबै सुरक्षाकर्मीले लगाउने पोशाक र जुत्ता नेपालमै उत्पादन गरिने भएको छ ।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाली सेना, प्रहरीसहित सबै सुरक्षाकर्मीले लगाउने पोशाक र जुत्ता नेपालमै उत्पादन गरिने जानकारी दिएका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सबै सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्न गरी बजेट विनियोजन गरेको उनको भनाइ छ ।