vada
News

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आइतबार ९ सय रुपैयाँले घटेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा सय रुपैयाँले गिरावट आई एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन एक लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको लूमयमा १५ रुपैयाँले गिरावट आई एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button