vada
News

थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

वीरगन्ज। वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण थप एक महिलाको मृत्यु भएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको हो।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार अबेर राति मृत्यु भएकी ती महिलाको पिसीआर रिपोर्ट आइतबार राति पोजेटिभ आएको हो। शनिबार बेलुकी स्वास्थ्य प्रश्वासमा समस्या आएपछि ती महिलालाई इन्डो अस्पतालमा लगिएको थियो।

त्यहाँ ४ घण्टा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा उनलाई शनिबार राति नै गण्डक कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। कोभिड अस्पतालमै उपचारका क्रममा शनिबार रातिमा उनको मृत्यु भएको थियो।

मृत्युपछि उनको स्वाब सङ्कलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। आइतबार राति १२ बजे प्रयोगशालाले दिएको रिपोर्टमा ती महिलाको पीसीआर पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ। साउनमा मात्रै पर्सामा १८ जनाको मृत्यु भएको हो।

Related Articles

Back to top button