vada
News

कोटेश्वर–कलंकीमा नेपालमै पहिलो फ्लाइओभर बन्ने

काठमाडौं,
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार सम्पन्न भएको चक्रपथ सडकको कोटेश्वर–कलंकी खण्डको तीन स्थानमा फ्लाइओभर बन्ने भएको छ ।

कोटेश्वर–कलंकी खण्डको विभिन्न स्थानमा बन्ने उक्त फ्लाइओभर नेपालमै पहिलो हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार बजेट प्रस्तुत गर्दै बताउनुभयो ।

काठमाडौं उपत्यकामा फ्लाइओभरको चर्चा चलिरहेको सन्दर्भमा यसपटकको बजेटमा फ्लाइओभरलाई प्रमुखताका साथ राखिएको छ । उक्त फ्लाइओभर ट्राफिक समस्या देखिएको मुख्य चोक बल्खु, सातदोबाटो, ग्वार्काेलगायत धेरै ट्राफिक समस्या देखिने चोकका लागि परिकल्पना गरिएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

त्यस्तै कोटेश्वरको ट्राफिक जामको समस्या हटाउन तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर तथा सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न समेत बजेटको व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य शुरू गर्ने बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौं चक्रपथ सडक विस्तारको दोस्रो चरणको काम गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

Related Articles

Back to top button