vada
News

प्रभुले बचाउँछन् भन्दै ५ दिनसम्म घरमै लास, गन्हाएर खाना खान नसकेपछि छिमेकीले प्रहरी बोलाए

कैलाली – कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा म’रेको मानिस जि’उँदो हुने विश्वासमा पाँच दिनसम्म ला’स घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र श’व ग’न्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा ला’स रहेको र’हस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घ’टनास्थल पुगेको थियो ।

शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बि’रामी हुनुहुन्थ्यो । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृ’त्यु भएको थियो । मृ’त्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिनुभएको छ । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा हुनुहुन्थ्यो ।

पाष्टर चौधरी पनि ला’समा पसिना आएर ग’न्ध आएको र ला’स उ’ठ्ने विश्वासमै हुनुहुन्थ्यो तर मङ्गलबार बिहान ग’न्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउनुहुन्छ । पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताउनुभयो ।

मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा स’डेर ग’न्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर श’व उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button