vada
News

डाक्टरलाई लाती र मुक्का प्रहार गरेको सिसिटिभी फुटेज कस्ले लुकायो ?

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि डाक्टरलाई हातपात गरेको विरोधमा नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । जेठ १४ गते नेपाल मेडिकल कलेजमा ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको  थियो । मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टरलाई गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेका थिए ।

डाक्टरमाथि हातपात गर्नेलाई कार्वाही गर्नुपर्ने,चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति हुनपर्ने माग गर्दै सो अस्पतालका चिकित्सकहरु कालोपट्टी बाँधेर आन्दोलन गरेका छन् ।  आवासीय चिकित्सक डा.गुन्जन खड्काले अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनकबाहेक अन्य सेवा ठप्प गरी आफूहरु आन्दोलनमा उत्रिएको बताउनु भयो । ७२ घण्टाभित्र सीसीटीभीको फुटेज ननिकालिए र दोषीलाई कारबाही नगरिए प्रशासनमा तालाबन्दी गर्ने जानकारी दिनुभयो ।

उहाँले डाक्टरमाथि  कुटपिट र दुर्व्यवहार गरिएको समयको करिव फुटेज सीसीटीभीमा नरहेको बताउनुभयो । मेडिकल कलेजका अध्यक्ष डा.भोला रिजालले आफू केही समयदेखि घरमा नै आराम गरिरहेकाले सबै कुरा बुझ्न नपाएको र घटना सम्बन्धी छानबिन गर्न लगाइसकेको बताउनुभयो । उहाँले सीसीटीभी फुटेज हटाइएको सम्बन्धमा पनि छानबिन हुने बताउनुभयो ।

चैत्र २२ गतेको मन्त्रीपरिषद्को बैठकले कोभिड – १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको व्यवस्था मिलाउने निर्णय गरेपनि पटक-पटक डाक्टरहरु माथिप दुर्व्यवहार हुँदै आएको छ ।

यसैबीच नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउन माग गरेको छ । संघका पदाधिकारीहरुले बिहीबार मन्त्री ढकाललाई भेटेर स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीको अहिले उपचारमा खटिने सबै चिकित्सकको अनिवार्य स्वास्थ्य बीमा र निशुल्क स्वास्थ्य जाँचको प्रवन्ध मिलाउन माग गरेका छन् ।

जवाफमा मन्त्री ढकाल चिकित्सकहरुको मागमा सकारात्मक रहेको भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रवन्ध मिलाउन गृह मन्त्रालयसँग कुरा गर्ने बचन दिनुभएको भेटमा सहभागि संघका सदस्य डा.लिजन महर्जनले जानकारी दिनुभयो । हेर्नुहोस् संघले मन्त्री ढकाललाई बुझाएको माग पत्र :

 

Related Articles

Back to top button