vada
News

आज भर्खरै थपिएका ४८४ कोरोना संक्रमित को-कहाँका

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २४ हजार नजिक पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितहको संख्या २३ हजार ९४८ पुगेको छ । निको हुनेहरुको कुल संख्या १६ हजार ६६४ पुग्दा ८३ जनाको ज्यान पनि गएको छ । नेपालले अहिलेसम्म ४ लाख ६२ हजार ६९८ जनाको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८४६ क्वारेन्टाइनमा रहेका छन् । अर्को तिर ७ हजार ६१३ जना आइसोलेसनमा छन् । गएको २४ घण्टामा मात्रै नेपालमा ४८४ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ६१४ , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा २४७ , प्रदेश ५ मा ६५७ , कर्णाली प्रदेशमा २२० र सुदूरपश्‍चि प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर १४ हजार ८४६ जना क्‍वारेन्टिनमा रहेका छन् । यसअघि बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४, शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए ।

Related Articles

Back to top button