vada
News

काठमाडौं उपत्यकामा हरेक दिन संक्रमित बढ्दै, बुधबार १ सय ३८ संक्रमित थपिए

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।यस अघि हिजो मंगलबार १ सय ३८ जनामा संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमााडौंमा मात्र १ सय ९ संक्रमित थपिएका छन् भने ललितपुर २१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४ सय ५६ पुगेको छ ।

Related Articles

Back to top button