vada
News

चार दिनदेखि ज्वरो आईरहेका अर्का एक जनाको कोरोना बाट निधन

सप्तरी । कोरोना संक्रमणबाट फेरि थप एक जनाको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयले हिजो कोरोना संक्रमणको पुष्टि हुनेवित्तिकै राजविराजमै रहेको कोभिड आइसोलेसनमा ल्याउँदै गर्दा बाटोमा नै निधन भएको हो । चार दिन अघि देखि ज्वरो देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

यो पनि , डाक्टर, नर्स सहित एकै अस्पतालका १६ जनालाई कोरोना – काठमाडौं । कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स तथा प्रयोगशालाकर्मीसहित १६ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । एकै पटक धेरै जनशक्तिलाई कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुने देखिएको छ ।

डाक्टर दुई, नर्स २ सहित ७ जना स्वास्थ्यकर्मी र ९ जना अस्पतालमा कार्यरत कर्मचारी रहेको कपिलवस्तुका कोभिड फोकल पर्सनकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो ।

१३ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उहाँले बताउनुभयो । यसअघि अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको थियो । हेल्थपाटि बाट

Related Articles

Back to top button