vada
News

काठमाडौँमा भयाभह बन्दै कोरोना, टिचिङ अस्पतालका २ डाक्टर सहित ७ जनामा संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशभर कोरोना संक्रमणको दर उच्च बन्दै गइरहेका बेला राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अनुसार टिचिगंका २ डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्स रहेका छन् । कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । रोना देखिएपछि अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको छ भने अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ ।

Related Articles

Back to top button